Community Mobile Legal Clinic Dupcheshor-06
NEWS & EVENT

Community Mobile Legal Clinic Dupcheshor-06

राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र दुप्चेश्वर गा . पा को सहकार्यमा २०७६–०५–२८ गते दुप्चेश्वर गा पा ६ नुवाकोट मा भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक मा छलफल भयो ।संस्थागत परिचय र भुकम्पपछिको पुननिर्माणका नितिगत सवाल वारे सुवास तिमिल्सिना र अन्य विषयवस्तुमा अधिवक्ता बावुराजा शाक्यले जानकारी गराउनु भएको थियो। कर्यक्रममा ६० जना महिला र २७जना पुरुष गरी जम्मा ८७ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा २० देखी ७५ वर्ष उमेर समुहका जनसमुदायको उपस्थिति रहेको थियो ।पहिलो चरणमा विषयवस्तु जानकारी गराई दोस्रो चरणमा छलफल परामर्श गरीएको थियो। छलफल परामर्श सामुहिक र व्यक्तिगत दुबै किसिमबाट गरीएको थियो । पुननिर्माणका समस्या ,अशंबन्डा , बहुविबाह लगाएत महत्वपुर्ण कानुन समन्धी छलफल भयो । चेलिवेटी बेचविखन ,बहुबिवाह ,बालविबाह आदी त्यहाँको मुख्य समस्या रहेको उपस्थिति जनसमुदायले वताउनु भयो । सहभागीहरुले उत्सुकतापुर्वक अन्तरक्रिया गर्नुभयो । उपस्थिति र टिपोट गर्न अजित वन र विकास उपाध्यायले सहजिकरण गर्नुभयो । करीव तीन घण्टा लामो जानकारी ,छलफल र परामर्श पश्चात गरएिको सहभागी सर्वे बाट पनि कार्यक्रम उपयोगि रहेको पाइयो । कार्यक्रमका प्रमुख अतिथि एवम दुप्चेश्वर गा पा ६ नुवाकोटका वडा अध्यक्ष किशोर आचार्यले आफ्नो भनाइ राख्दै कार्यक्रम समग्रमा राम्रो भएको धारणा राख्नुभयो । उहाँले नगरकोटमा भएको तालिमबाट आफुले धेरै सिकेको र सेवाग्रहीलाइ पनि बुझाउन पाए सेवा प्रभाहमा सजिलो हुने विस्वासका साथ राष्ट्र निर्माण मञ्च नेपाललाइ गाउमा सामुदायिक घुम्ति कानुनी ल्किनिक गर्न समन्वय गरेको र वुझेको कुरा अरुलाइ पनि वुझाउन सवैलाइ अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply